४ कार्तिक २०८३, बुधबार

‘ए’ डिभिजन लिग : सरस्वती क्लब विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मङ्सिर । सरस्वती युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जीत हात पारेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० गोलले पराजित गरेको हो । सरस्वतीको जीतमा १३ औँ मिनेटमा विदेशी खेलाडी भिक्टोरले गोल गर्दै अग्रता बनाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएका सरस्वतीले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ७३ औँ मिनेटमा अर्का विदेशी खेलाडी इब्राहिमले गोल गरे । त्यस्तै ८३ औँ मिनेटमा विदेशी खेलाडी साचिईले गोल गर्दै सरस्वतीको जित सुनिश्चित गरे ।

जितपछि सरस्वतीले लिगमा पहिलो जीत दर्ता गर्दै तीन अङ्क जोडेको छ । यसअघि सरस्वती लिगको पहिलो खेलमा सङ्कटा क्लबसँग १–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा हिमालयन शेर्पासँग १–० ले नै पराजित भएको थियो ।

फ्रेन्ड्सले लिगमा लगातार तेस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा थ्री स्टार र दोस्रो खेलमा एपिएफसँग पराजित भएको थियो । –रासस