
हेटौँडा । मकवानपुरमा आत्महत्याको विषयलाई लिएर चलचित्र निर्माण भएको छ । लाबा मिडिया प्रालिको ब्यानरमा थाहा कला केन्द्रको प्रस्तुति रहेको नेपाली कथानक चलचित्र ‘कल्चर’को शुक्रबार प्रोमो रिलिज गरिएको छ ।
कार्यक्रममा चलचित्रका लेखक तथा निर्देशक सानुवावु मोक्तानले आत्महत्याको संस्कृतिको विषयमा चलचित्र निर्माण गरिएको बताए । अहिले नेपालमा युवादेखि बृद्धसम्मकाले आत्महत्या गर्ने गरेको प्रसंग, आत्महत्याको कारणलाई चलचित्रले खोतल्ने प्रयत्न गरिएको निर्देशक मोक्तानको भनाई रहेको छ ।
चलचित्रले आत्महत्यापछि परिवारमा भएको तनाव तथा आत्महत्यासम्मको अवस्थाको विषयमा मार्मिक ढंगबाट व्याख्या गरिएको मोक्तानले बताए ।
चलचित्र हेरेपछि आत्महत्या गर्ने सोचमा पुगेकाहरु समेत आत्महत्या नगर्ने उनले ठोकुवा समेत गरे । उनले चलचित्र निकै राम्रो बनेको बताए । २१ लाख रुपैँयाको लागतमा निर्माण भएको चलचित्र मकवानपुरको थाहा नगरपालिका वडा नंबर २ भाङखोरीया, दामान, पालुङ तथा हेटौँडामा छायाङ्कन गरिएको हो ।
चलचित्रमा मिना पूर्णिमा खड्का, विना मुक्तान, विनित रायमाझी, दिपराज खत्री, रुपक कालिराज, शुभराज भोम्जन, रवि जिम्वा लगायतको अभिनय रहेको छ ।
चलचित्रमा अजय वाईवाको सम्पादन, थाहा कलाकेन्द्रको नृत्य, दिपराज गिरि र मुक्तिनाथ उप्रेतीको संगित रहेको छ । चलचित्रलाई मंसिर १५ गते थाहा कलाकेन्द्रमा प्रिमियर गरिने चलचित्र युनिटको भनाई रहेको छ ।















प्रतिक्रिया