
काठमाडौं, ७ मंसिर । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबलाई पहिलो सफलता हात परेको छ ।
शुक्रबार भएको खेलमा ब्रिगेडले एपीएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एपीएफ क्लब १० खेलाडीमा सिमित हुँदा त्यसको फाईदा ब्रिगेडले निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा एपीएफ पराजित भयो । ब्रिगेडलाई जित दिलाउन मनोज राई, ताजुदीन आदुलिनी र काजिम एडेलजोकले एक एक गोल गरे । एपीएफका रुप बहादुर लामाले एक गोल फर्काए ।
खेलको अन्तिम ३ मिनेट बाँकी रहदा विश्वास उदासले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा समेटिएको थियो ।
शुक्रबारको जितसँगै ब्रिगेडले तीन खेलपछि ३ अंक जोडेको छ । एपीएफको भने यो पहिलो हार हो । एपीएफको ३ खेलबाट ४ अंक छ ।















प्रतिक्रिया