४ कार्तिक २०८३, बुधबार

प्रचण्डमाथि खुकुरी प्रहार भएकै हो ? के भन्छ सचिवालय ?

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खुकुरी प्रहार गरेको भन्ने झुठो समाचारप्रति आक्रोश जनाएको छ ।

सचिवालयमा काम गर्दै आएकी प्रचण्डकी कान्छी छोरी गंगा दाहालले खुकुरी प्रहारको समाचार गलत रहेको बताएकी छिन् । उनले गलत समाचार प्रकाशित गरेर चरित्र हत्या गर्ने सञ्चारमाध्यम र पत्रकारलाई कारबाही गर्न माग गरेकी छिन् ।

‘अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको नियोजित र भ्रामक समाचारको खण्डन गरौँ र यस्ता खालका पत्रकारिताहरूमाथि राज्यले उचित छानविन गरी कानूनको दायरामा ल्याई कडाभन्दा कडा कार्बाही गरोस्’, गंगा दाहालले फेसबुकमार्फत आग्रह गरेकी छिन् ।

बिहीबार चितवनमा विभिन्न कार्यक्रममा प्रचण्डमाथि खुकुरी प्रहार गरेको समाचार एउटा अनलाइनमा आएपछि प्रचण्डको सचिवालयले आक्रोश व्यक्त गरेको हो ।

प्रचण्ड निकटका नेताहरूका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व निकटको मानिने एउटा अनलाइनले चरित्र हत्या गर्ने गरेर प्रचण्डमाथि खुकुरी प्रहारको गलत समाचार सम्प्रेषण गरेको आरोप छ ।

प्रचण्डको सचिवालयको दवावमा खुकुरी प्रहारसम्बन्धी समाचार प्रकाशन गर्ने अनलाइनमाथि छानविन र अनुसन्धान शुरु गरिएको जनाइएको छ ।