४ कार्तिक २०८३, बुधबार

जनता बैंकको सञ्चालकमा मीनाकुमारी सैंजु नियुक्त

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ मंसिर । जनता बैंक लिमिटेडको सञ्चालमा मीनाकुमारी सैंजुलाई नियुक्त गरिएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सैंजुलाई नियुक्त गरेको हो ।

सैंजुलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले बुधबार नै सैंजुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेको सैंजु नेपाल बैंक लिमिटेडबाट २०६९ सालमा नायब महाप्रबन्धक पदबाट सेवानिवृत्त भएकी थिइन् ।

बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्र विशेष दखल राख्ने सैंजुको नियुक्तीले बैंक संचालनमा धेरै सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।