
काठमाडौं, ६ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बिहीबारको खेलमा च्यासल युथ क्लब विजयी भएको छ । ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलले न्युरोड टिम एनआरटीलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
बिहीबारको जितसँगै च्यासलले लिगमा पहिलो जित हासिल गरेको छ । च्यासलका अमिर श्रेष्ठ र बिमल घर्तिमगरले दुई तथा सन्तोष साहुखलले एक गोल गरे ।
खेलको अन्तिम समयमा विदेशी खेलाडी मोसुद अब्बोलाले एनआरटीका लागि एक गोल फर्काएका थिए । जितपछि च्यासलले ३ खेलबाट तालिकामा ४ अंक जोडेको छ ।















प्रतिक्रिया