काठमाडौं । निर्देशक ऋषिराज आचार्यद्वारा निर्देशन गरिएको ‘ड्रिम गर्ल’ मंसिर ७ गते शुक्रबारबाट अल नेपाल रिलिज हुँदैछ ।
‘ड्रिम गर्ल’ राजधानीका मल्टिप्लेक्सदेखि अधिकांश हलहरूमा एक साथ लाग्नेछ । ‘ड्रिम गर्ल’को रिलिज समय नजिकिएका बेला कलाकार र निर्माण पक्ष फिल्मको प्रचार प्रसारका लागि सक्रिय भएको छ ।
भोलि शुक्रबार रिलिज हुन लागेका साना व्यानरका फिल्महरूले हल नपाइरहेका बेला ‘ड्रिम गर्ल’ले धेरै हल पाएपछि निर्माण पक्ष खुसी छ ।
‘ड्रिम गर्ल’लाई प्रेमकथामा निर्माण गरिएको छ । फिल्मको कथा र निर्माण स्वयं निर्देशन आचार्यले गरेका हुन् । ‘ड्रिम गर्ल’ पूर्ण मनोरञ्जनात्मक फिल्म रहेको निर्देशक आचार्यले बताए । फिल्मले दर्शकलाई मनोरञ्जन दिने निर्देशक आचार्यको दाबी छ ।
‘सपना तिम्रो मेरो’ र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता फिल्म बनाएका निर्देशक आचार्यले ‘ड्रिम गर्ल’को लामो तयारी पछि निर्माण गरिएको हो । फिल्ममा दुई करोडभन्दा बढी लगानी लागेको छ ।
फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।















प्रतिक्रिया