५ कार्तिक २०८३, बिहिबार

छायाँकार हुमागाइँलाई सगरमाथा म्युजिक अवार्ड

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छायाँकार मुकेश हुमागाइँ सगरमाथा म्युजिक अवार्डबाट सम्मानित भएका छन् ।

दश वर्षदेखि नेपाली गीत संगीत र म्युजिक भिडियोमा छायाँकनको काम गर्दै आएका हुमागाइँले उत्कृष्ट छायाँकारको अवार्ड हात पारेका हुन् । हुमागाइँले छायाँकन गरेको ‘फूल सम्झेर दिलमा राखुँ’को गीतबाट सम्मान र पुरस्कार पाएका हुन् ।

पुरस्कार पाएपछि म्युजिक भिडियो छायाँकनका बेला सहयोग र साथ दिने कलाकारसहितका प्राविधिकहरूलाई मुकेशले धन्यावाद दिएका छन् । ‘म मात्रै केही होइन’, उनले भनेका छन्, ‘मैले पाएको अवर्डमा पूरै टिमको साथ छ । सबैलाई धन्यावाद ।’

छायाँकनमा राम्रो दखल राख्ने हुमागाइँले अहिलेसम्म सैयौँ म्युजिक भिडियोमा छायाँकारको काम गरिसकेका छन् । उनी अहिलेका व्यस्त छायाँकारमा पर्छन् ।