४ कार्तिक २०८३, बुधबार

इटालीसँग अमेरिका पराजित, पोलितानोको गोल निर्णायक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ मंसिर । इन्जुरी समयको गोलले मैत्रीपूर्ण खेलमा इटालीले जित निकालेको छ । मंगलबार राति भएको खेलमा इटालीले अमेरिकालाई १–० ले हराएको हो ।

इटालीको जितमा इन्जुरी समयको चौथो मिनेटमा मातेओ पोलितानोले गरेको गोल निर्णायक बन्यो । उनी थप खेलाडीको रुपमा मैदान आएका थिए ।

खेल अवधिभर अधिकांश समय बलमा नियन्त्रण इटालीको थियो, तर गोलका लागि इन्जुरी समयसम्म पर्खिनु प¥यो । इटालीले गोलका लागि १६ पटक पोस्ट प्रहार गरेको थियो ।

यस्तै मंगलबार राति नै भएको मैत्रीपूर्ण खेलमा वेल्स अल्बानियासँग १–० ले पराजित भयो । अल्बानियाका लागि बालाजले गरेको गोल नै निर्णायक बन्यो । एजेन्सी