५ कार्तिक २०८३, बिहिबार

अभिनेता विपीन कार्की दुर्घटनामा परे, फिल्म शुटिङ रोकियो

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । पछिल्लो समय फरक फरक भूमिका कारण चर्चामा रहेका अभिनेता विपीन कार्की सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

मंगलबार बिहान फिल्म ‘जात्रै जात्रा’को सुटिङका लागि एनएफडिसी बालाजुतर्फ मोटरसाइकलमा जाँदै गरेका बेला विपरीत दिशातर्फबाट आएको मोटरसाइकलको ठक्करबाट कार्की घाइते भएका हुन् ।

टेकु–कालीमाटी जोड्ने विष्णुमती पुलमा दुर्घटनामा परेका कर्कीको अवस्था सामान्य रहेको छ । उनको दायाँ खुट्टामा चोट लागेको र बल्खुस्थित वयोधा हस्पिटलमा उपचार भइरहेको फिल्मका निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।

कार्कीलाई मोटरसाइकलका चालक मोटरसाइकलसहित फरार छन् । अभिनेता कार्कीको दुर्घटनाका कारण फिल्म ‘जात्रै जात्रा’को छायांकन केही दिनका लागि स्थगित गरिएको छ ।