४ कार्तिक २०८३, बुधबार

देउवा विरोधी यी जिल्ला सभापतिको चर्तिकलाले बुढानिलकण्ठमा खैलाबैला

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला मंसिरको दोस्रो साता नुवाकोट जिल्लामा हुने भएको छ ।

विधानबारे मत बाझिरहेका बेला कांग्रेसका जिल्ला सभापतिहरूले छुट्टै भेला हुन लागेको हो । भेलाले विधानका बारेमा समान धारणा बनाउनेछ ।

मंसिर १२ र १३ गते नुवाकोटको ककनीमा जिल्ला सभापतिहरूको भेला डाकिएको नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले बताए । यो भेलाले विधानबारे जिल्ला सभापतिहरूको समान धारणा बनाउने उनले बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिसँग सल्लाह नगरी भेला बोलाइएको पनि केसीले जानकारी दिए । जिल्ला सभापतिहरूको भेलामा कुनै पनि शीर्ष नेता वा पदाधिकारी उपस्थित हुने छैनन् ।

नुवाकोट जिल्लाका कांग्रेस सभापति केसी अर्जुन नरसिंह केसीका भाई हुन् । उनी देउवाको विरोधी समूहका मानिन्छन् ।

गत असारको पहिलो साता हेटौँडामा जिल्ला सभापतिहरूको भेला भएको थियो । भेलाले विधान मस्यौदा समितिमा जिल्ला सभापतिको प्रतिनिधित्व गराउन माग गरेको थियो ।

जिल्ला सभापतिहरूको भेलालगत्तै सभापति देउवाले महामन्त्री पूर्णबहादुर खडकाको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेका थिए ।

पछि जिल्ला सभापतिका तर्फबाट अमरसिंह पुनलाई समितिमा राखिएको थियो । समितिले सात प्रदेशको १२ ठाउँमा विधान वारेमा छलफल गरेर दशैँ अगावै अन्तिम मस्यौदा तयार पार्ने काम सुरु गरेका थिए ।