
काठमाडौँ, ३ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रु १००० अंकित दरका २५,००,००० कित्ताले हुुन आउने रु २ अर्ब ५० करोड बराबरको ‘सिटिजन्स बैंक बण्ड २०८५’ निष्कासनको निम्ति ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।
ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
रु २ अर्ब ५० करोड बराबरका ऋणपत्र मध्ये ८० प्रतिशत (रु २ अर्ब) व्यक्तिगत र २० प्रतिशत (रु ५० करोड) सर्वसाधरणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वकृतिपश्चात् निष्कासन तथा बिक्री खुला गरिने प्रवक्ता उमंग शर्माले जानकारी दिइन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया