४ कार्तिक २०८३, बुधबार

स्वीट्जरल्याण्ड फराकिलो गोलले विजयी, बेल्जियम चकित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ मंसिर । बेल्जियमलाई स्तब्ध पार्दै स्वीट्जरल्याण्ड युइएफए नेशन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले सुरु गरेको प्रतिस्पर्धा नेशन्स लिग अन्तर्गत समूह ए टू मा रहेको स्वीट्जरल्याण्डले आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमलाई ५–२ ले निराश पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

स्वीट्जरल्याण्डको जितमा ह्यारिस सेफेरोविचले ह्याट्रिक गरे । यस्तै रिकार्डो रोड्रिग्वेज र निको एलवेदीले एक–एक गोल गरे । बेल्जियमका लागि थोरगन हजार्डले दुई गोल गरेका हुन् ।

खेलमा सुरुवाति अग्रता बेल्जियमले लिएको हो । १७ मिनेटभित्र उसले दुई गोल गरेको थियो । हजार्डले दोस्रो र १७ औँ मिनेटमा गरी दुई गोल गरे ।

त्यसपछि स्वीट्जरल्याण्ड खेलमा फर्कियो । उसका लागि २६ औँ मिनेटमा पाएको पेनाल्टीमा रोड्रिग्वेजले पहिलो गोल गरे । यस्तै सेफोरोविचले ३१ र ४४ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा स्वीट्जरल्याण्डले ३–२ को अग्रता लियो ।

६२ औँ मिनेटमा उसका लागि एलवेदी थप एक गोल गरे । सेफेरोविचले ८४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि स्वीट्जरल्याण्ड ५–२ ले विजयी भयो ।

उसले आउँदो जुनमा पोर्चुगलमा हुने सेमिफाइनलमा स्थान बनायो समूहको शीर्ष स्थानमा रहेर । समान ९ अंक नै भए पनि हारपछि बेल्जियम गोल अन्तरमा पछि परेको हो । यो समूहबाट एक खेल पनि जित्न नसकेको आइसल्याण्ड रेलिगेशनमा परेको छ । एजेन्सी