५ कार्तिक २०८३, बिहिबार

‘साइनो’ बन्ने, फिल्ममा चन्दको नाम जोडियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री भुवन चन्दले आफै फिल्म बनाउन घोषणा गरेकी छिन् । चन्द नेपाली फिल्मको पहिलो नायिका हुन् ।

चन्दले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर फिल्म बनाउने घोषणा गरेकी हुन् । उनले ‘साइनो’ नामक फिल्म बनाउन लागेकी छिन् ।

रमेश थापाको निर्देशनमा बन्ने फिल्ममा भुवन चन्द, नीता ढुंगाना, मिरुना मगर, मदनदास श्रेष्ठ, शिखा तामाङ, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, भीमसेन लामा, रामेश्वर बुर्लाकोटीलगायत कलाकारका साथमा नवअभिनेता राजकुमारले अभिनय गर्दै छन् ।

फिल्मको निर्माता चन्द आफै हुन् । उनले आफूले चार दशकको कलाकारिता अनुभवलाई सँगालेर ‘साइनो’ निर्माण गर्न लागेको बताइन् ।

सामाजिक प्रेमकथानक फिल्मलाई रामेश्वर कार्कीले खिच्नेछन् । शरण थापा कार्यकारी निर्माता रहेको फिल्म काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक तथा मकवानपुरका विभिन्न स्थानमा खिचिनेछ ।

‘साइनो’को स्क्रिप्ट अभिमन्यु निरवीले लेखेका हुन् । रामजी लामीछानेले कोरियोग्राफी गर्ने फिल्मका गीत चेतन कार्की र पुरुषोत्तम बस्नेतले लेखेका हुन् ।

फिल्ममा संगीत बसन्त सापकोटाले दिएका छन् । चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको सुटिङ सोमबारबाट सुरु हुनेछ ।