४ कार्तिक २०८३, बुधबार

लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच इन्स्योरेन्स सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ मंसिर । लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच आइतबार बैंकास्युरेन्स सम्झौता भएको छ ।

सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरे ।

कार्यक्रममा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ, मार्केटिङ मेनेजर तीर्थराज पुरी तथा बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र वरिष्ठ मार्केटिङ मेनेजर प्रकाश घिमिरेको समेत उपस्थिति थियो ।

सम्झौतानुसार महालक्ष्मी बैंकका सम्पत्ति तथा बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।