४ कार्तिक २०८३, बुधबार

यस कारण बेपत्ता भएका थिए सापकोटा, डिएसपी ज्ञवालीले पत्ता लगाए

22.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २ मसिंर । चितवनको नारायणगढ बजारबाट कात्तिक २६ गते वेपत्ता भएका पूर्वी चितवनको कालिका नगरपालिका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा भेटिएका छन् ।

उनलाई भेटाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । आखिर प्रहरीले सापकोटालाई भेटाइ छाड्यो । शनिबार दिउसो तेह्रथुमस्थित एक होटलमा सापकोटा भेटिएका हुन् । उनी अष्ट्रेलिया जान सपिङ गरेको सुटकेससहित सोमबार बेलुका ५ बजे वेपत्ता भएका थिए ।

सापकोटालाई प्रहरीले मोबाइलको आइएमइआइ नम्बरको आधारमा पत्ता लगाएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधि ज्ञवालीले बताए ।

सापकोटाले मोबाइलमा प्रयोग भएको नेपाल टेलिकम र एनसेलको सिम प्रयोग नगरी सोही मोबाइलबाट इन्टरनेट चलाएको भेटिएको थियो । सापकोटाले ब्लु हेभन गेष्ट हाउसको नाममा रहेको वाइफाइबाट मोबाइल चलाएको थाहा पाएपछि प्रहरीले देशैभरका होटलहरूमा अनुसन्धान र खोजतलास गरेको थियो ।

सुविसुको नेट चलाएका सापकोटालाई पक्राउ गर्न सकिएको डिएसपी ज्ञवालीले बताएका छन् । सापकोटाले ल्यापटपबाट सबै डकुमेण्टहरू आफूले बनाएको ज्ञवालीले बताएका छन् ।

दूतावासमा पेश गरिएका भनिएका कागजपत्र र भिसा समेत नक्कली भएको डिएसपी ज्ञवालीले बताए । उनले आफ्नो ल्यापटप भने साथमा नलगी घरमा नै छाडेको पाइएको थियो ।

कम्प्युटर इन्जिनियर सापकोटाको आगामी मंसिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसा लागेर टिकट समेत लिइसकेको उनका बुबा गंगाप्रसाद सापकोटाले बताएका थिए ।