४ कार्तिक २०८३, बुधबार

गोलसहित बराबरीमा राकिए पोर्चुगल र इटाली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २ मंसिर । पोर्चुगल युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले आयोजना गरेको नयाँ प्रतिस्पर्धा युइएफए नेशन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

लिगको समूह चरण अन्तर्गत शनिबार राति भएको समूह ए थ्रीको खेलमा पोर्चुगलले इटालीलाई गोलरहित बराबरीमा रोक्यो । बराबरीपछि पोर्चुगल समूहको विजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।

घरेलु टोली इटालीले गोल गर्ने राम्रा मौका बनाएको थियो, तर कमजोर प्रहारका कारण ती प्रयासहरु गोलमा परिणत हुन सकेनन् । बराबरीपछि पोर्चुगल समूहको विजेता बन्ने पक्का भएको छ ।

किनकी तीन खेलबाट उसको सात अंक भएको छ भने आफ्ना सबै चार खेल खेलेको इटालीको पाँच अंक मात्रै छ । अब आउँदो मंगलबार पोर्चुगलले रेलिगेशनमा परेको पोल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । पोल्याण्ड तीन खेलबाट मात्रै एक अंक जोडन् सफल छ ।

समूहको शीर्ष स्थानमा रहने टिमलाई अर्को फाइदा पनि छ, सन् २०२० मा हुने युरोकप फुटबलका लागि छनौट चरणबाट छानिन नसकेमा नेशन्स लिगको शीर्ष स्थानमा रहेका टिमले प्ले–अफ खेल्न पाउँछन् । पोर्चुगल अहिलेको युरोकप विजेता हो । उसले सन् २०१६ मा युरोकपको उपाधि उचालेको थियो ।

नेशन्स लिगमा पोर्चुगलले अब सबै खेल घरेलु मैदानमा खेल्नेछ । समूह चरणको अन्तिम खेलमा पोल्याण्डसँग घरेलु मैदानमा खेल्ने पोर्चुगलले अन्तिम चारको प्रतिस्पर्धा पनि त्यहिँ गर्नेछ । युइएफएले नेशन्स लिगका अन्तिम चरणका खेल सन् २०१९ को जुनको सुरुमा पोर्चुगलको मैदानमा गर्ने निर्णय गरेको छ । एजेन्सी