१ कार्तिक २०८३, शनिबार

पत्रकारहरूलाई मर्यादापूर्वक प्रस्तुत हुन ट्रम्पको चेतावनी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन, २ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरू मर्यादापूर्वक प्रस्तुत नभए भविष्यमा पत्रकार सम्मेलन छाडेर हिड्ने धम्की दिएका छन् ।

सीएनएनका पत्रकार जिम अकोस्टाको अमेरिकी सिक्रेट सर्भिसद्वारा खोसिएको प्रेस पास फिर्ता गर्न अदालतले आदेश दिएपछि बोल्दै ट्रम्पले उक्त धम्की दिएका हुन् ।

गतसाता एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग विवाद भएपछि अकोस्टाको प्रेस पास खोसिएको थियो । अदालतको आदेशबारे प्रतिक्रिया दिँदै ट्रम्पले त्यो ‘कुनै ठूलो विषय नभएको’ बताए ।

तटर उने भने, ‘मानिसहरूले राम्रो व्यवहार गर्नुपर्छ ।’ उनले ‘पत्रकार सम्मेलनमा सोध्नुपर्ने प्रश्न संख्याबारे आफ्ना कर्मचारीले नीति नियम बनाइरहेको’ बताए ।

‘यदि उनीहरूले नीति, नियम नमान्ने हो भने हामी त्यो विषय अदालत पुर्‍याउनेछौं र त्यसमा हामी जित्नेछौं । तर त्यो भन्दा महत्वपूर्ण कुरा हामी पत्रकार सम्मेलनबाट बाहिरिन्छौ र तपाईहरू धेरै खुशी हुन पाउनुहुन्न,’ ट्रम्पले भने, ‘तपाई ३ वा ४ प्रश्न सोध्न सक्कुहुन्न र उभिइरहन सक्नुहुन्न । तपाईहरूले मर्यादा कायम गर्ने अभ्यास गर्नुपर्छ । ’

आफ्नो प्रेस पास फिर्ता गर्न अदालतले दिएको आदेशको प्रशंसा गर्दै पत्रकार अकोस्टाले भने, ‘अब काममा फर्किऊ ।’ वासिङटनस्थित एक अदालतका न्यायाधीशले पत्रकार परिचयपत्र खोस्ने राष्ट्रपति कार्यालयको कदमबाट कानुनले पत्रकारलाई दिएको अधिकार र वाक् स्वतन्त्रताको उल्लंघन भएको बताए ।

अदालतको आदेशसगै राष्ट्रपति कार्यालय र राष्ट्रपतिका अन्य कार्यक्रममा प्रवशे गर्न पाउने अकोस्टाको प्रेस पास फिर्ता गर्न ह्वाइटहाउस बाध्य भएको छ ।

नोभेम्बर ८ मा भएको एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग विवादमा उत्रेपछि अकोस्टालाई ह्वाइटहाउस छिर्न रोक लगाइएको थियो । ह्वाइट हाउसकी एक कर्मचारीले थप प्रश्न सोध्न खोजेका अकोस्टाबाट माइक्रोफोन खोस्न प्रयास गरेकी थिइन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको आरोपित हस्तक्षेपबारेको अनुसन्धानका क्रममा आफूलाई सोधिएका सबै प्रश्न दिएको उल्लेख गरेका छन् ।