काठमाडौं, २ मंसिर । विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जनाएको छ ।
सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेन लगायत रहेका छन् । तीमध्ये आठ सय मुद्दा टुङ्ग्याई सकिएको उक्त पार्टीले जनाएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
उक्त पार्टीका विद्यार्थी नेता मदन केसीले सरकार मातहत रहेका अदालतले टुङग्याउन नसकेका मुद्दाहरू टुङ्ग्याउन थालेकाले जनअदालतप्रति आकर्षण बढेको दावी गर्दै भने, ‘जनअदालतमा घरायसी झग्डा, भ्रष्टाचार, ठगी, लेनदेन जस्ता मुद्दा दर्ता छन् । हामीले सजिलै ती मुद्दाहरुको अध्ययन गरेर जनताको काम गरिरहेका छौं । ’ जनअदालतहरु सवै स्थानीय तहमा गठन गरिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका १८ का रमेश राणाको जग्गा बैंकमा धितो छ । रमेशले आफन्तीलाई जग्गा राख्न दिएपछि आफन्तीले बैकमा जग्गाधितो राखेर ऋण खाए ।
तर, धितो फुकेन । फलस्वरुप जग्गा पाउँन भन्दै निवेदन लिएर नेकपाको जनसरकार कहाँ धाए । नेकपाका नेता नवीन वलीले रमेशलाई भने– ‘नआत्तिनुस तपाईको समस्या समाधान गर्छौ । ’
केन्द्रीय जनअदालत अन्तर्गतको जनसरकार प्रमुख सन्तोष बुढामगर र न्याय विभाग प्रमुखका रुपमा आदर्श रहेका छन् । वडाध्यक्षदेखि प्रहरी उच्चनिकायका प्रमुख लगागतका विरुद्ध समेत देशैभरबाट यस्ता मुद्दा दर्ता भएका छन् ।















प्रतिक्रिया