४ कार्तिक २०८३, बुधबार

‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङ्दी र आर्मी विजयी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १७ औँ मिनेटमा अञ्जन विष्टको पेनाल्टी गोलमार्फत मनाङले अग्रता लिएको थियो । अञ्जनलाई एनआरटीका खेलाडीले डिबक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो ।

खेलको ३९ औँ मिनेटमा एनआरटीको डिफेन्स लाइनलाई बिट गर्दै अफ्रिकन खेलाडी ओलाव अफिजले मनाङको अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि गोल गर्ने धेरै अवसर गुमाएको थियो । एनआरटीले भने पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न सकेन ।

खेलमा मनाङका अञ्जनले म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै मनाङ दुई खेलबाट छ अङ्क जोड्दै अङ्कतालीकाको शीर्ष स्थानमा छ । समान खेलबाट एनआरटीको एक अङ्क छ ।

मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ ले हराएको थियो । एनआरटीले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरी खेलेको थियो ।

यस्तै शनिबारको दोस्रो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । आर्मीले च्यासललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

हलचोकस्थित एपीएफ क्लबको मैदानमा आर्मीलाई जित दिलाउन विकास खवासले निर्णायक गोल गरे । खेलको २७ औं मिनेटमा  खवासले गरेको हेड गोल नै खेलको निर्णायक गोल बनेको थियो । –रासस