४ कार्तिक २०८३, बुधबार

अफ्रिका कपमा इजिप्टसँग ट्युनिसिया पराजित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ मंसिर । अफ्रिका कप अफ नेशन्सको छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा मोहम्द सालहले अन्तिम मिनेटमा गरेको गोलको सहयोगमा इजिप्टले जित निकालेको छ ।

इजिप्टले ट्युनिसियालाई ३–२ ले हराएको हो । ट्युनिसियाका लागि दुवै गोल नाइम स्लिटीले गरेका हुन् । इजिप्तका लागि सालहसँगै ट्रेजेनगुइट र बाहर एल मोहमदीले गोल गरेका हुन् ।

दुवै टिम आउँदो वर्ष हुने अफ्रिका कप अफ नेशन्सका लागि यसअघि नै छनौट भइसेका छन् । प्रतियोगिता क्यामरुनमा आउँदो जुन १५ देखि जुलाई १३ सम्म हुनेछ ।

सालहले अन्तिम मिनेटमा गोल गर्दै टिमलाई जिताएपछि सेलिब्रेसनको क्रममा जर्सी फुकालेका थिए । त्यसका लागि उनले पहेँलो कार्ड पाए । सालहले राष्ट्रिय टिमबाट पछिल्ला ८ खेलमा लगातार गोल गर्दै आएका छन् । उनले इजिप्टका लागि अहिलेसम्म ३९ गोल गरिसकेका छन् । एजेन्सी