११ कार्तिक २०८३, बुधबार

पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेनको बनाइने

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ ।

सो राजमार्ग विस्तारअन्तर्गत नारायणघाट–बुटवल ११३ किलोमिटर र कमला–सप्तकोसी ८७ किलोमिटरको विस्तार कार्य अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता मुक्ति गौतमले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

हाल दुई लेनमा सञ्चालन भइरहेको सो राजमार्गलाई ४ लेनमा र सहरी क्षेत्रमा सर्भिस लेनसहित ८ लेनमा विस्तार गर्ने योजनाअनुसार काम अघि बढाइएको उनले जानकारी दिए ।

‘नारायणघाट–बुटवल खण्डमा सवारीसाधनको चाप अत्यधिक भएकाले यो खण्ड सबैभन्दा पहिले सुरु गर्न लागिएको हो,’ उनले भने, ‘यो खण्डको विस्तारका लागि कम्पनी छनोट भइसकेको छ, ठेक्का सम्झौता गर्न आउन छनोट भएको कम्पनीलाई आह्वानसमेत गरिसकिएको छ ।’

सो खण्ड विस्तारका लागि विभागले चाइना सेट कन्स्ट्रक्सन कम्पनीलाई छनोट गरिसकेको विभागको आयोजना निर्देशनालयका इन्जिनियर प्रदीपराज शाक्यले जानकारी दिए ।

‘अबको झन्डै डेढ महिनाभित्र सो खण्डको सडक विस्तार कार्यका लागि ठेक्का सम्झौता भइसक्नेछ,’ इन्जिनियर शाक्यले भने, ‘दुई महिनाभित्र काम नै सुरु हुने अपेक्षा छ ।’