१ कार्तिक २०८३, शनिबार

ब्रेजिक्ट सम्झौताले बेलायतको मूद्राको मूल्यमा सकारात्मक प्रभाव

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० कात्तिक । बेलायतको मन्त्रीपरिषद्ले ब्रेजिक्टसम्बन्धी सम्झौताको मस्यौदा पारित गरेपछि त्यसले अर्थतन्त्रमा समेत प्रभाव पारेको छ ।

मुलुकको मुद्रा मुल्यमा सकारात्मक प्रभाव परेको देखिएको छ । शुक्रबार बेलायती मुद्रा पाउण्डको मुल्यमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी तेलको मुल्य पनि फेरी एक पटक बृद्धि भएको छ, तर शेयर बजारमा भने भिन्नभिन्न नतिजा देखिएको छ । सरकारी अधिकारीहरुले झण्डै ०.३५ प्रतिशतले मुद्राको मूल्यमा वृद्धि भएको जनाएका छन् । यो उतारचढाव विगत दुई बर्ष यताकै सवैभन्दा धेरै भएको बताइएको छ ।

सरकारले पारित गरेको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका मन्त्रीहरुले नै राजीनामा दिइरहेका बेला मुद्रा मुल्य भने बढेकोे हो ।ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले आफ्नै सरकारले बनाएको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनले मस्यौदालाई आफूले समर्थन गर्न नसक्ने बताउँदै पदबाट राजीनामा दिएको बताएका छन् ।

यसअघिका डेभिड डेभिसले राजीनामा दिएपछि राब केही महिना अगाडि ब्रेक्जिट मामिला मन्त्रीमा नियुक्त भएका थिए । त्यसैगरी यही सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै शैलेश वाराले उत्तरी आयरल्याण्डको राज्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि राजीनामा दिने दबाव परेकाले मन्त्रिपरिषद् नै अप्ठ्यारोमा पुगेको छ । तर प्रधानमन्त्री थेरेसा मेले भने ब्रेक्जिट सम्झौताको मस्यौदालाई आफ्नो मन्त्रिपरिषद्ले समर्थन गरेको र राष्ट्रको हितमा रहेको दाबी गरेका छन् ।

लामो समयदेखिको पटकपटकका छलफलपछि युरोपेली सङ्घबाट बेलायत बाहिरिनेसम्बन्धी सम्झौताको मस्यौदा बेलायतको मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो ।

महिनौँदेखि अन्योलमा रहेको सम्झौताबारे बेलायतको मन्त्रिपरिषद्ले पारित गरेको ब्रेक्जिट सम्झौतासम्बन्धी मस्यौदालाई अन्तिमरूप दिन अब २७ सदस्य रहेको ईयूका नेताहरूको शिखर बैठक बोलाइने छ । –एजेन्सी