४ कार्तिक २०८३, बुधबार

खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, ३० कात्तिक । भारतको पिथौेरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदीमाथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ ।

धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नोभेम्बर १८ (मङ्सिर २ गते) का दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म पिथौरागढमा स्थानीय निकायको निर्वाचन हुँदैछ ।

सुरक्षाका कारण ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो ।निर्वाचनलाई लक्षित गरी आज बेलुकी ५ बजेदेखि मङ्सिर २ गतेसम्म पुल बन्द हुने भएको हो । -रासस