आइतबार, २३ मंसिर २०७५
DainikNepal.com
आइतबार, २३ मंसिर २०७५

अश्लील हर्कतले गुमेको १६१११ श्लील मतको जिम्मेवारी

दैनिक नेपाल २०७५ कार्तिक ३० गते ९:२०

काठमाडौं, ३० कात्तिक । धनगढी मिलनचोककी एक महिलासँग प्रेममा थिए, दिर्घबहादुर सोडारी । जसलाई प्रदेश ७ सरकारको सामाजिक विकास मन्त्रीबाटमात्र होइन, नेकपाको जिम्मेबारी बाट पनि बर्खास्त गरिसकिएको छ ।

जीवनभरी राजनीति गरेर प्रदेश मन्त्री बनेका सोडारीले ति महिलासँग बारम्बार फोनमा अश्लील कुराकानी गर्थे । भेट्थे । र, सम्बन्ध स्थापित गर्थे ।

मन्त्री भएपछि भने ति महिलासँग उनको सम्बन्ध केही खुकुलो हुन थालेपछि जीवन भुलेर गरेको रासलिलाका केही थान संवादसहितका प्रमाण र तस्बिर प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटार पुग्यो ।

राजनीतिमा ७ नम्बर प्रदेशका नेकपा इञ्चार्ज भीम रावलको सुकिलो छायाँ सोडारीसँग थियो । तर, उनै रावलले यस्ता प्रमाण देखेपछि सिधै मन्त्री र जिम्मेबारीबाट ‘फायर’ गरिदिए । यसमा ओलीको ग्रिन सिग्नल थियो ।

प्रतिनिधि तथा प्रदेश सभाका क्रममा उनको उम्मेदवारी कैलाली–४ ‘क’ बाट उनको उम्मेदवारी थियो । सोडारीले १६ हजार १ सय ११ श्लील मत ल्याए ।

तर त्यो जिम्मेवारीलाई एक रेकर्ड र सम्बन्धले खाइदियो । उनले यसबारे एउटा मात्र प्रतिक्रिया दिएका छन्,‘पार्टीको निर्णय मान्छु ।’ अर्थात्, सोडारीले आफ्ना गल्तीलाई मौन स्वीकृति गरिसकेका छन् । उनलाई सामान्य कारणले हटाइएको होइन । तर, बालुवाटारले त्यो तथ्यलाई भने खुलाएको छैन ।

उनी काठमाडौं आउँदा पनि केही थान युवतीसँग रमाउनुपर्ने अनिवार्यता हुन्थ्यो । उनका एक सहयोगी भन्छन्,‘अन्तिममा उहाँलाई यस्तै प्रकरणले खाइदियो ।’

त्यसो त केही बर्षअघि काठमाडौंमा एक महिलासँग उनको प्रेम पनि चलेको थियो । उनकी श्रीमती एवं अखिल नेपाल महिला संघकी जिल्ला नेत्री गीता सोडारीले त्यो अनैतिक प्रेमबाट उनलाई छुटाएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित