महेन्द्रनगर, ३० कात्तिक । छोरीका निम्ति न्यायको खोजी गर्दै २५ कार्तिक देखि अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेका निर्मला पन्तका आमाबुवा बिरामी परेका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्धार अगाडि अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका आमाबुवा चिसोका कारण बिरामी परेका हुन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले धर्ना स्थलमै निर्मलाका बावु यज्ञराज, आमाहरु दुर्गादेवी र लक्ष्मीको स्वास्थ्य परीक्षण गरेका थिए । उनिहरुको रक्तचापमा कमी आएको महाकाली अञ्चल अस्पतालका डा। किशोर बोहराले बताए । उनका अनुसार निर्मलाकी आमाको ब्लड प्रेसर कम र कान्छी आमाको बढि भएको देखिएको छ ।
खाना कम खाने, चिसोमा धर्ना बस्ने र कम सुत्ने गरेका कारण तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको चिकित्सकको भनाई छ । निर्मलाका बुबाआमाको दिसा–पिसाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । सडक किनारमा रातभर धर्नामा बस्दा लामखुट्टे लगायत झिंगाको टोकाइले पनि भाइरल ज्वरो लगायत समस्या देखिएको हुनसक्ने चिकित्सकले बताएका छन् ।
साढे तीन अघि बलात्कार पछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२, की १३ वर्षीय निर्मला पन्तको न्यायको माग गर्दै ५ दिनयता देखि उनको परिवार अनिश्चितकालीन धर्नामा बसेको छ । तत्काल वास्तविक हत्यारा सार्वजनिक नगरिए आमरण अनसन बस्ने उनिहरु चेतावनी दिदै आएका छन् ।















प्रतिक्रिया