शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

बिमल घर्तिको च्यासलले जित्यो राईनो गोल्डकपको उपाधि

दैनिक नेपाल २०७५ कार्तिक २९ गते १८:१७

-बिजय चालिसे
कावासोती, २९ कात्तिक । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्यासल युथ क्लबले जितेको छ । नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पाखा लगाउँदै च्यासलले उपाधिमाथि कब्जा जमाएको हो ।

निर्धारित समय र थपिएको समयमा २–२ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको हो ।

खेलको १० औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै पुलिसले अग्रता लिएपनी त्यसलाई जोगाउन नसक्दा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । पहिलो हाफकै १६ औं मिनेटमा च्यासलले बराबरी गोल फर्कायो । फेरि २१ औं मिनेटमा पुलिसले अर्को गोल गर्दै पहिलो हाफमै २–१ को अग्रता लिएको थियो । तर दोस्रो हाफमा च्यासलले बराबरी गोल फर्कायो । निर्धारित ९० मिनेटसम्म दुबै टिमबाट २–२ गोलको बराबरी भयो र थप गरिएको १४ मिनेटमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछी खेल टाईब्रेकरमा धकेलिएको थियो ।

पेनाल्टी शुट आउटमा च्यासलका पाँचै खेलाडिले गोल गरे भने पुलिसका दिनेश राजबम्शिको प्रहार गोल्पोस्टको बारमा लागेर फर्किएको थियो ।

जितसङ्गै च्यासल ले ४ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको पुलिसले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको म्यान अफ दि सिरिज भएका च्यासलका गोल रक्षक दिनेश थापा मगरले १० हजार नगद पुरस्कार प्राप्त गरे ।च्यासल १५ बर्ष अघिदेखी सुरु भएको राईनो गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भएको टिम हो । कात्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगितामा बिभागिय २ टिमसहित ए डिभिजन क्लब गरि १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित