४ कार्तिक २०८३, बुधबार

आइएटाको अध्यक्षको रुपमा कतार एयरवेजका सिइओ सम्मेलनमा सहभागी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ कार्तिक । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले बिहीबार म्याड्रिडमा आयोजित अन्तर्राष्ट्रिय हवाई ट्राफिक संघ (आइएटा)को विङ्स अफ चेन्ज सम्मेलनमा सहभागी भएका छन् ।

उनले युरोपमा उड्डयन उद्योगले सामना गरिरहेको चुनौतीहरुका बारेमा धारणा राखे । आइएटाको अध्यक्षको रुपमा बकरले सम्मेलनमा भाग लिई बिबीसी प्रस्तुतकर्ता बबिता शर्माद्वारा सञ्चालित एक प्रश्न उत्तर कार्यक्रममा सहभागी भए ।

उड्डयन उद्योगले हालै युरोपेली युनियनको भौगोलिक क्षेत्रभन्दा बाहिरको एसिया–पेसिफिक र मध्य पूर्वी एसिया क्षेत्रसम्म वृद्धि गरिसकेको उनले बताए ।

युरोपेली आयोग एसियन, कतार, टर्की, अजरबेजान, अर्मेनिया र ट्युनिसियासँग व्यापक हवाई ट्राफिक सम्झौता पूरा गर्न सक्रिय रहेको बकरले बताए ।

‘मेरो विचारमा, युरोपेली युनियनका हवाई वाहकहरुले प्रगतिशील उड्डयन बजारले प्रदान गरिरहेको विकास अवसरहरुको लाभ उठाउनु जरुरी छ’, उनले भने ।