४ कार्तिक २०८३, बुधबार

स्वदेश फर्कियो इतिहास कोर्ने महिला फुटबल टोली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । नेपाली महिला फुटबलमा ऐतिहासिक सफलता पाएको टोली बिहीबार स्वदेश फर्किएको छ । ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको हो ।

म्यानमारमा सम्पन्न पहिलो चरणको एसिया छनोटबाट दोस्रो चरणमा स्थान बनाएर नेपाली टोली फर्किएको हो । दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ ।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, राखेप उपाध्यक्ष पिताम्बर तिमल्सिना, एन्फा उपाध्यक्ष कृष्ण थापा, एन्फा अन्तर्गत महिला संघका अध्यक्ष बिन्द्रा देवान लगायतले स्वागत गरेका थिए ।

सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि भएको छनोटमा नेपालले तीन खेलमा बराबरी खेल्दै दोस्रो चरणमा स्थान पक्का गरेको थियो ।

नेपाल रहेको समूहबाट म्यानमार विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् । बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ ।

दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ । १० टिम रहने दोस्रो चरणबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।