५ कार्तिक २०८३, बिहिबार

निखिल उप्रेती अभिनित भिलनेको ‘च्यानाकुटी झ्याई झ्याई’ सार्वजनिक

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । एक्सन स्टार निखिल उप्रेती अभिनीत सिनेमा ‘भिलेन’ को पहिलो गीत रिलिज भएको छ।

‘च्यानाकुटी झ्याई झ्याई’ बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेल लगायतका कलाकारहरुलाई प्रस्तुत गरिएको छ। अञ्जु पन्त र रामचन्द्र काफ्ले आवाजमा रहेको गीतमा एकनारायण भण्डारीको शब्द तथा लालकुमार बरालको संगीत रहेको छ। दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा निखिललाई सरप्राइज एक्सन सिनमा राखिएको छ।

निखिलका एक्सन प्रेमी फ्यानलाई सिनेमाप्रति आकर्षित गर्न गीतमा पनि उनको एक एक्सन दृश्यलाई निर्माण टिमले स्थान दिएको हो। अभिनेता उप्रेती ‘पिंजडा ब्याक अगेन’ पछि बल्ल पर्दामा देखिँदै छन् ।  फिल्मको पुस २७ गतेलाई प्रदर्शन मिति तय गरिएको छ ।

द ग्लोबल पिक्चर प्रालिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन्। निखिल र शिल्पाका अलावा फिल्ममा निशा अधिकारी र कपिल खत्रीको मुख्य भूमिका रहेका छ।

सिनेमामा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन्।