
काठमाडौँ । जाजरकोटकी मोडल सामना शाहले अभियन गरेको पाँचौ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार समेत रहेकी शाहको ‘स्वीकार मेरो मायालाई’ बजामा आएको हो । अभियनमा सामनालाई राजेश र दिलले साथ दिएका छन् ।
शाहले अहिलेसम्म ६ वटा गीतको शब्द लेखेकी छन् भने ५ वटा गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
हलौ सार्वजनिक ‘स्वीकार मेरो मायालाई‘ बोलको गीतमा निर्मल सिंहको स्वर, शब्द र संगीत रहेको छ । गीतको अडियो/भिडियोलाई वाउ नेपालले प्रवर्द्धन गरेको हो ।
डीबी रेउलेको छायांकन रहेको भिडियोको निर्देशन राजेश पायलले गरेका हुन् । भिडियोको सम्पादन मिन रावल तथा उत्पादन दिलबहादुर बोम्जनले गरेका हुन् ।















प्रतिक्रिया