५ कार्तिक २०८३, बिहिबार

धेरै बोल्ने यी नायिकाले खाइन दनक, अस्पताल भर्ना

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्त एक रेसलरको फेला परेकी छन् । आफूसित निहु खोज्न आउँदा ती रेसलरले राखीलाई रिंगभित्रै उचालेर पछारिदिइन् ।

पाँचकुलाको ताउ देवीलाल स्टेडियममा आयोजित सीडब्लुई रेसलिंङ प्रतियोगितामा यो घटना भएको हो । प्रतियोगितामा भाग लिन अन्तर्राष्ट्रिय रेसलरहरू आएका थिए । प्रतियोगिताका क्रममा महिला रेसलर रोबेल रिंगभित्र गइन् । उनले आफूसँग भिड्न महिलाहरुलाई ललकारिन् ।

दर्शकदीर्घामा रहेकी राखी रोबेलको चुनौति स्वीकार्दै भित्र गइन् । त्यसपछि उनले उल्टै रोबेललाई पहिले आफूसँग डान्स गर्ने चुनौती दिइन् । रोबेलले पनि त्यसलाई स्वीकार गरिन् । राखीको चुनौती बमोजिम उनले एउटा गीतमा राखीसँगै नाचिन् पनि ।

डान्स सकिनासाथ रोबेलले राखीलाई जुरुक्क बोकिन् र भुईंमा बजारिदिइन् । राखी उठ्नै सकिनन् । रिंगभित्रै लडिरहिन् । लामो समयसम्म नउठेपछि रेफ्रीले उनलाई उठाए र रिंगबाहिर लगे । राखीको कम्मरमा गम्भीर चोट लागेको रहेछ । उनलाई अस्पताल भर्ना गरिएको छ । एजेन्सी