४ कार्तिक २०८३, बुधबार

चाँदनी साततले गुफाको प्रचारप्रसारमा पत्रकार अग्रसर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी

सल्यान, २८ कार्तिक । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्वर ५ लेखपोखरामा रहेको चाँदनी साततले गुफाको विकास र प्रचार प्रसारका लागि सल्यानका पत्रकारहरु अग्रसर भएका छन् ।

नेपाल पत्रकार महासंघ सल्यानको अगुवाईमा जिल्लामा क्रियाशील पत्रकारहरुले यस क्षेत्रको प्रचार प्रसारमा गरि गुफाको संरक्षण र सम्वद्र्धनमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस गुफाको आसपासको क्षेत्र निकै मनमोहक र आनन्दाभास महसुस गराउने रहेको छ ।

ढकढके क्षेत्रमा रहेको चाँदनी सातसते गुफा, सिद्धबाबा मन्दिर, ढुंगाको मादल, ढुंगेपानी, ढकढके ढुंगा यस क्षेत्रका मुख्य आकर्षकका केन्द्र रहेका छन् । तर, प्रचार प्रसार र संरक्षणको अभावमा यहाँ पर्यटकहरु कमै मात्रामा पुग्ने गरेको स्थानीय बताउँछन् ।

यहाँ रहेको गुफाको संरक्षणमा सम्बन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयको गुनासो छ । करिब एक शताब्दी पहिले स्थानीयले गाईबाख्रा चराउन जंगल गएको बेला उक्त गुफा देखेको स्थानीयको भनाई छ ।

विक्रम सम्वत १९६२ मा कुल बहादुर पुनले गाई चराउन ग्वाला गएको बेला गुफा देखेका थिए । उनले स्थानमा गुफा देखेको कुरा गाउँमा गएर अरुलाई भनेपछि चाँदनी साततले गुफा पत्ता लागएको गुफा सल्लाहकार समितिका संयोजक गोविन्द केसीले बताए ।

गुफा पत्ता लागेपनि यहाँ पुजापाठ गर्ने लगायतका कामहरु भएनन् । २०२९ सालमा निकै भोकमरी परेपछि ०३० सालमा शिद्दबाबाको नाममा एउटा रुखमुनि पुजा गरिएको थियो भन्ने हामीले पुराना बुढापाखाबाट सुनेका हौं मन्दिरका पुजारी तथा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष ध्वजबहादुर पुनले जानकारी दिए ।

त्यसपश्चात यस स्थानमा पुजा गर्नुपर्छ भनेर स्थानीयले ०४२ सालमा खरको छानो भएको मन्दिर स्थापना गरि पुजा पाठ सुरु गर्न थालेपछि मन्दिर निर्माण गरिएको उनले बताए ।

यस्तै गुफा सात तलाको भए पनि अहिले सम्म तीन तला सम्म मात्रै पुग्ने गरेको उनले बताए । गुफाभित्र भगवान तथा जनावरका आकृतिहरु रहेका छन् । गुफा भित्र ढुंगाको मादल रहेको छ ।

गुफामा चाँदी जस्तै टल्कने वस्तु भए पनि त्यसको अझै सम्म अनुसन्धान हुन नसकेको गुफा व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर पुनले जानकारी दिए ।