
मुम्बाई । बलिउडका नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह विवाह बन्धनमा बाँधिन लागेका छन् । उनीहरु १४ नोवेम्वर, बुधबारका दिन इटलीमा विवाह गर्दै युगल रुपमा सार्वजनिक हुन लागेका हुन् ।
६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले विवाहका लागि इटलीको ‘काष्टा दिभा रिसोर्ट एण्ड स्पा’ रोजेका छन् ।
विवाहमा नजिकका साथी र आफन्त मात्र पुगेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रितिरिवाज अनुसार दीपिका र रणवीरले एक अर्कालाई औँठी साटेका छन् ।
आज कोंकणी संस्कृति अनुसार विहे हुनेछ भने भोली सिन्धी रिवाज अनुसार विहे हुनेछ ।















प्रतिक्रिया