
-बिजय चालिसे
कावासोती, २८ कार्तिक । नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाईनलमा आज हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउसो ३ बजे राईनो रंगशालामा हुने खेल संयोजक सेतमान पुनले जानकारी दिए।
आजको बिजेताले भोली उपाधिका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ । यसअघि हिजोको पहिलो सेमिफाईनलमा १–० उपहार गोलको सहयोगमा बिरगंज युथ एकेडेमीलाई पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । कार्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल भोली विहीबार हुनेछ ।
प्रतियोगिताको उपाधी बिजेताले रु ४ लाख ९९ हजार ५५५ र दोस्रो हुने टिमले रु २ लाख ५५ हजार ५५५ मेडल, प्रमाण पत्रको साथै फाईनलमा पुग्ने २ टिम लाई म्याच मनि रु १ लाख रहेको मुल आयोजक समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए ।
हरेक बर्ष एक सिङ्गे गैडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा प्रतियोगिता आयोजना हुुँदै आएको छ ।















प्रतिक्रिया