काठमाडौं। मिष्टर नेपालको आयोजक एक्सपोज नेपालले एकसाथ तीन सौन्दर्य प्रतियोगिता आयोजना गर्दैछ । ती हुन् –मिस, मिष्टर र मिसेस राजधानी २०१८ ।
एक्सपोजले तीनै प्रतियोगिताको लागि आवेदन खुल्ला गरेको छ । यी प्रतियोगितामा युवायुवतीदेखि बिवाहित महिलासम्मले भाग लिन सक्नेछन् ।
तीनमध्य ‘मिस राजधानी २०१८’मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, ‘मिस्टर राजधानीमा २०१८’ १५ वर्षदेखि १९ वर्षसम्म उमेरका युवा र ‘मिसेस राजधानीमा २०१८ ’ २१ वर्षदेखि ४५ वर्ष ननाघेका विवाहित महिलाले सहभागिता जनाउन सक्नेछन् ।
युवायुवतीका साथै विवाहित महिलाहरुको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्य प्रतियोगिताको रहेको एक्पोज नेपालका म्यानेजिङ डाइरेक्टर अर्चना थापाले जानकारी दिइन् ।
प्रतियोगितामा शीर्ष सहित दर्जन बढी विधामा पुरस्कृत गरिनेछ । बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।
आवेदन फारम कुपन्डोल स्थित एक्पोज नेपालको कार्यलय तथा एक्सपोज नेपालको आधिकारीक पेजबाट पनि भर्न सकिने आयोजकले जनाएको छ ।















प्रतिक्रिया