शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

एपीएफलाई हराउँदै हिमालयन शेर्पाले च्यासलसँगको भेट पक्का गर्‍यो

दैनिक नेपाल २०७५ कार्तिक २६ गते १७:३७

नवलपरासी, २६ कार्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा एक सिंगे गैंडाको संरक्षणका लागि सचेतनाका जगाउन आयोजित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को तेस्रो क्वाटर फाईनल खेलमा हिमालयन ४–२ गोलले टाइब्रेकरमा एपीएफलाई पराजय गर्दै विजयी भएको छ । यो सँगै हिमालयन शेर्पाले सेमिफाईनलको यात्रा तय गरेको छ ।

खेलको पहिलो हाफको अन्तिम ४४ औँ मिनेटमा हिमालयन शेर्पाले पाएको पेलान्टिलाई शेर्पाका कर्ण लिम्बूले गोलमा परिणत गरे । पहिलो हाफसम्म १ गोलको अग्रता लिएको शेर्पा भने दोस्रो हाफको ९ औँ मिनेटमा बराबरीमा पुग्यो । एपीएफका प्रविन स्यान्ताङले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

खेलको २८ औँ मिनेटमा एपीएफका टिम क्याप्टेन नवीन लामाले दोस्रो गोल गरेपछि एपीएफ २–१ले अग्रता कायम गरेको थियो । तर, एपीएफको अग्रता पनि हिमालयनले धेरै समय टिक्न दिएन । शेर्पाका विदेशी मुलका खेलाडी दद्या जोनियर वान्डाले खेलको ४०औँ मिनेटमा गोल गरि खेललाई बराबरी गराएका थिए । निर्धारित समयमा दुवै टिमबाट बराबरी गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो ।

खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका किशोर गिरिले हात पारे । भोलिको खेल विरगन्ज युथ र नेपाल पुलिस क्लवबीच हुनेछ । खेलमा विभागीय टिम २ र ए डिभिजन क्लबका ६ टिमको सहभागिता रहेको थियो । कार्तिक १५ गते सुरु भएको खेल आउँदो २९ गतेसम्म चल्ने प्रचारप्रसार समितिका संयोजक बिष्णु अधिकारिले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुनेले रु ४ लाख ९९ हजार ५५५ र दोसे हुने टिमले रु २ लाख ५५ हजार ५५५ मेडल, प्रमाण पत्रको साथै फाईनलमा पुग्ने २ टिमले म्याच मनि रु १ लाख पाउने छन । हरेक बर्ष एक सिङ्गे गैडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा खेल आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित