शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

सिटिजन्स बैंक र बयोधा हस्पिटलबीच सहकार्य

दैनिक नेपाल २०७५ कार्तिक २६ गते १४:३७


काठमाडौँ, २६ कार्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खु स्थित बयोधा हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा अस्पतालका तर्फबाट संचालन बिभागका जनरल म्यानेजर उत्तम थापाले हस्ताक्षर गरे ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक तथा कर्मचारीहरुले बयोधा हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित