नयाँदिल्ली, २६ कात्तिक । भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन भएको छ । केही महिनादेखि बिरामी रहेका संसदीय मामिला मन्त्री अनन्त कुमारको सोमबार बिहानै निधन भएको हो ।
बैंग्लोरको एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेका अनन्त कुमार ५९ वर्षका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्री कुमारको निधनमा शोक व्यक्त गरेका छन् ।
सरकारसँगै भारतीय जनता पार्टीको संगठनमा उनको भूमिका महत्वपूर्ण रहेको प्रधानमन्त्री मोदीले बताएका छन् । यस्तै रक्षा मन्त्री निर्मला सीतारमरणले पनि अनन्त कुमारको निधनप्रति शोक व्यक्त गरेकी छन् । एजेन्सी















प्रतिक्रिया