११ कार्तिक २०८३, बुधबार

समयक्रममा तपाईंहरूले थाहा पाइहाल्नु हुनेछ, आजलाई यत्ति नै…

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ कात्तिक । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णय सरकारले लुकाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय गुपचुप राखेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले महत्वपूर्ण निर्णय गरेको जानकारी दिए । यद्यपि उनले निर्णय भने सार्वजनिक गरेनन् ।

बैठकपछि प्रवक्ता बाँस्कोटाले भने, ‘पत्रकार साथीहरू आज मन्त्रिपरिषद बैठक अलि लामो समयसम्म बस्यो । धेरै विषयमा छलफल भयो । आवश्यक निर्णय गरिएको छ । र समयक्रममा तपाईंहरूले थाहा पाइहाल्नु हुनेछ । आजलाई यत्ति नै ।’