
काठमाडौं, २५ कात्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्ताको न्याय माग्दै आइतबारदेखि नागरिक संघर्ष समितिले अनिश्चितकालिन धर्ना सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय महेन्द्रनगरमा संघर्ष समितिले धर्ना सुरु गरेको हो । निर्मलाका आमाबुवा दुर्गादेवी र यज्ञराज पन्तसहितको र्याली जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।
तीन महिना हुन लाग्दा समेत निर्मलाका हत्यारा पक्राउ गर्न नसकेको, छिटो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै धर्ना दिइएको हो ।
संघर्ष समितिका अनुसार प्रशासनमा रातदिन नै धर्ना दिइनेछ ।















प्रतिक्रिया