४ कार्तिक २०८३, बुधबार

व्यावसायिक फूलखेती गर्दै मेलमिलाप सहकारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, २३ कात्तिक ।  स्याङ्जाको वालिङ–८ कटौँजेस्थित मेलमिलाप बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक फूलखेती शुरु गरेको छ । बचत तथा ऋणको कारोवार गरिरहेका बेला सो सहकारीले व्यावसायिक रुपमा फूलखेतीतर्फ अग्रसरता देखाएको संस्थाका अध्यक्ष टङ्कप्रसाद तिवारीले बताउनुभयो ।

“वालिङ तथा आसपासका क्षेत्रमा फूल तथा मालाको माग अत्यधिक बढेको छ,” अध्यक्ष तिवारीले भन्नुभयो, “यहाँ फूलखेती गर्न सक्यौँ भने बाहिरबाट आउने फूल यहीँबाट पूर्ति गर्न सकिन्छ, त्यसैले यो व्यवसाय सहकारीमार्फत थालेका हौँ ।”

सहकारीले अहिले डेढ रोपनी जग्गा भाडामा लिएर सयपत्री, मखमलीलगायतका फूल टनेलभित्र उत्पादन थालेको संस्थाका सचिव धनप्रसाद तिवारीले बताउनुभयो । “व्यक्तिगतभन्दा सहकारीमार्फत फूलखेती गर्दा सजिलो हुन्छ”, उहाँले भन्नुभयो, “हामीले फूलका माला, थुङ्गा तथा बिरुवा पनि बिक्री गर्ने योजना बनाएका छौँ ।

पहिलो चरणको फूल उत्पादन शुरु भइसकेको छ ।” पोखराबाट बीउ ल्याएर नर्सरी स्थापना गरिएको हो । केही महिनाभित्रै तीन रोपनी क्षेत्रफलमा नर्सरी विस्तार गर्ने तयारीमा सहकारी रहेको छ । –रासस