४ कार्तिक २०८३, बुधबार

‘बोक्सी’ आरोपमा राधा चौधरीमाथि फेरि कुटपिट

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २२ कार्तिक । कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा फेरि कुटपिट गरिएको छ ।

राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए ।

कुटपिट गर्ने कालीचरणलाई मुकुली अपराध संहिंता २०७४ अन्तर्गत सजाय हुने प्रहरीले जनाएको छ । गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घाट कुटपिट गरेका थिए ।

रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।