बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

माछा पोखरीमा विष हाल्दा १० लाखको क्षती

दैनिक नेपाल २०७५ कार्तिक २२ गते १४:३०


चितवन, २२ कार्तिक । चितवनको राप्ती नगरपालिका १ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा रहेका माछालाई विष हालेर मारिएको छ । स्थानीय रत्नवहादुर वर्तौलाको माछापोखरीमा बुधवार अज्ञात समूहले विष हाल्दा करिव १० लाख वरावरको क्षती भएको हो ।

उनको करिव ६ कठ्ठा क्षेत्रफल मध्ये ४ कठ्ठामा माछापोखरी छ । बुधवार विहान ४ वजेसम्म केही नभएको बताउँदै बर्तौलाले ५ बजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको बट्टा फेला पारेका थिए ।

लगभग तयारीमा अवस्थामा रहेको माछामा अज्ञात समूहले विष हाल्दा ९,१० लाख बराबरको क्षती भएको उनले बताए । अघिल्लो वर्ष पनि अज्ञात समूहले नै उनको माछापोखरीमा विष हालिदिएका थिए । त्यति वेला पनि प्रहरीले कोही पक्रन सकेन् ।

त्यो बेला करिव ४,५ बराबरको क्षती भएको थियो । ‘बेच्न सुरु गरेको अवस्थामा कुन पापीले विष हालेर सखाप पारिदियो’, माछापालक किसान बर्तौलाले भने, ‘कुनै पनि हालतमा अपराधी पत्ता लगाई कारवाही गरियोस् ।’

तीन वर्ष अघि मात्रै उनले माछापाल्न सुरु गरेका थिए । माछा पालेरै उनले आफ्नो ७ जनाको परिवार पाल्दै आएका छन् । ‘परिवार पाल्ने अरु कुनै आधार थिएन यही एउटा आधार थियो, सहकारीबाट ऋण गरेर व्यवसाय गरे, अब त्यो ऋण कसरी तिर्ने ?, उनले भने ।

साना किसान कृषि सहकारी, समाज कल्याण बचत तथा ऋण सहकारी लगायतमा गरी ९ लाख ऋण रहेको उनले सुनाए । स्थानीय माछापालक कृषक राजु पाठकले सरकारले अपराधीलाई पक्राउ गरि न्याय दिलाउनु पर्ने बताए । प्रहरीले अपराधमा संलग्नको खोजी भईरहेको जनाएको छ । राप्ती नगरपालिका १ मा करिव २५ विगाहा जमिनमा माछापालन गरिदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित