मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

भारतबाट फूल भित्रिएपछि मूल्य सस्तो भयो

दैनिक नेपाल २०७५ कार्तिक २२ गते ७:५३

काठमाडौं, २२ कत्तिक । यस वर्षको तिहारमा नेपाली बजारमा फूल धेरै सस्तोमा पाइएको छ । तिहारको फूल खरिद गर्नका लागि काठमाडौंको असन, न्यूरोड र इन्द्रचोक पुगेका सर्वसाधारणले फूल गत वर्षको भन्दा धेरै जस्तोमा पाइएको बताए ।

उनीहरूले भारतबाट अत्याधिक फूलको आयात भएकाले पनि नेपाली बजारमा फूलको मूल्य ह्वात्तै घटेको बताए । काठमाडौंका यादवेन्द्र श्रेष्ठले फूल धेरै सस्तोमा खरिद गर्न पाइएको बताए ।

फूल व्यापारीहरूले भारतबाट अत्याधिक मात्रामा भित्रिएकाले यस वर्षको तिहारमा फूलको व्यापार घट्न भएको बताए । काभ्रे कोसीपारिका व्यापारी राजेश्वर गौतमले गत वर्ष ४ हजारमा बेचिएको फूल यस वर्ष २ सयमा पनि विक्री हुन नसकेको गुनासो गरे ।

नेपालमा यस वर्ष फूलको उत्पादन धेरै भएकाले पनि यसको मूल्य घटन भएको हो । काभ्रे पाँचखालका फूल व्यवसायी सरोज कारिदासले नेपालमा धेरै उत्पादन भएकाले पनि फूलको व्यापार घट्न गएको बताए ।

प्रतिक्रिया
सम्बन्धित