बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

अमेरिकाको तल्लो सदनमा डेमोक्रेटिक पार्टीको जित, ट्रम्पलाई झट्का

दैनिक नेपाल २०७५ कार्तिक २२ गते ७:१२

न्युयोर्क, २२ कात्तिक । अमेरिकाको मध्यावधिक चुनावमा तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा डेमोक्रेटिक पार्टीले बहुमत प्राप्त गरेको छ ।

माथिल्लो सदन सिनेटमा भने राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकन पार्टीले बहुमत कायम गर्न पुनः सफल भएको छ । तल्लो सदनमा पनि रिपब्लिकन नै अघि रहेकोमा त्यसलाई उल्ट्याउँदै डेमोक्र्या्टिक पार्टीले बहुमत ल्याएको हो ।

तल्लो सदनका ४३५ सिटका लागि भएको मतदानमा डेमोक्रेटिक पार्टीले बहुमतका लागि चाहिने २१८ सिटमा जित दर्ता गरिसकेको छ ।माथिल्लो सदनमा पनि नियन्त्रण कायम गर्ने अपेक्षा गरिएकोमा महत्वपूर्ण सिट गुमाएपछि रिपब्लिकन अघि लागेको हो ।

सिनेटमा बहुमतका लागि आवश्यक ५१ सिट जितिसकेको छ । तल्लो सदनमा भने डेमोक्रेटिक पार्टी ८ वर्षपछि पुनः आफ्नो पकड कायम गर्न सफल भएको हो । डेमोक्रेटिक पार्टीकी नेतृ न्यान्सी पेलोसी तल्लो सदनको सभामुख बन्ने पक्का भएको छ ।अमेरिकाको तल्लो सदनको इतिहासमा पहिलो महिला सभामुख बनेकी उनी फेरि उनी सभामुख बन्दै छिन् ।

सन् २०१६ मा भएको राष्ट्रपति चुनावपछिको भएको पहिलो चुनावमा डेमोक्रेटिक पार्टीले राम्रो प्रदर्शन गरेको हो । यो चुनावमा महिला प्रतिनिधिहरू बढी विजयी भएका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित