
इटहरी, २१ कार्तिक । इटहरीको मुख्य चौकमा रहेको एक व्यापारिक भवनमा आगलागी भएको छ ।
इटहरी ६ स्थित धरान लाईनमा रहेको सामसुङ कम्पनिको सप्तकोशी इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको हो । बन्द रहेको पसलमा आगोको मुस्लो देखिएपछि स्थानीय र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ ।

दुई तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको बताइएको छ ।
इटहरी, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाउने प्रयास गरिहेका छन् । स्थानीय र प्रहरी भएर आगलागी भएको घरबाट सामान निकाल्ने क्रम जारी छ । आगलागीको कारणसहितको विस्तृत विवरण आउन बाँकी छ ।

तस्वीर साभार : प्रदेश पोर्टल अनलाइन















प्रतिक्रिया