बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

टेलिकमको टेलिफोन सेवामा विहानैदेखि समस्या

दैनिक नेपाल २०७५ कार्तिक २१ गते १३:०७

काठमाडौँ, २१ कार्तिक ।  नेपाल टेलिकमको टेलिफोन सेवामा विहानैदेखि समस्या आएको छ । यसका कारण देशभरको टेलिफोन तथा मोबाइल सेवा प्रभावित भएको छ । यसबाट टेलिकमका लाखौं उपभोक्ता समस्यामा परेका छन् ।

टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले प्राविधि कारणले भ्वाइस कलमा समस्या आएको बताए ।

उनले प्राविधिक रुपमा समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिए । तर, समस्या कतिबेला हट्छ भन्नेबारे टेलिकमले केही बताएको छैन ।

समस्या देखिएपछि टेलिकमका प्राविधिकहरु मर्मतमा खटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित