मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

एथ्लेटिको मड्रिडद्वारा बोरुसिया डर्टमुण्ड पराजित

दैनिक नेपाल २०७५ कार्तिक २१ गते १०:१२

लण्डन, २१ कात्तिक । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको समूह चरणको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड विजयी भएको छ ।

एथ्लेटिकोले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २–० ले हराएको हो । समूह ए अन्तर्गतको खेलमा घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन साउल र एन्टोनी ग्रिजम्यानले गोल गरे ।

समूह ए कै अर्को खेलमा क्लब ब्रुगले मोनाकोलाई ४–० ले हरायो । समान ९ अंक भएको बोरुसिया र एथ्लेटिको समूहको पहिलो र दोस्रो स्थानमा छ । चार अंक बनाएको क्लब ब्रुग तेस्रो स्थानमा पुगेको छ ।

मंगलबार राति नै भएको समूह डी अन्तर्गतको खेलमा एफसी पोर्टोले लोकोमोटिभ मस्कोलाई ४–१ तथा शाल्केले गालाटासारेलाई २–० ले हरायो । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित