मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

रहस्यले भरिएको यो हत्याकाण्ड घटना

दैनिक नेपाल २०७५ कार्तिक २१ गते ८:०१

काठमाडौं, २१ कात्तिक । घटनास्थलको अवस्था हेर्दा झा हत्या निकै रहस्यमय देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । झा घरभित्रै मृत भेटिएका थिए । हत्या गर्ने व्यक्ति कसरी भित्र छिरे भन्नेमै प्रहरी अधिकारी अहिलेसम्म अन्योलमा छन् ।

पहिलो तलामा रहेको झ्यालको जाली थोरै मात्र काटिएको र त्यहाँबाट मान्छे छिर्न कठिन हुने प्रहरी अधिकारीहरू बताउँछन् । काटेको जालीबाट हात छिराएर झ्यालको लक खोलेर भित्र छिरेको हुन सक्ने अनुमान पनि छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, उक्त कोठामा झाकी श्रीमती सुत्थिन् । उनलाई थाहा नहुनु पनि रहस्यमय नै छ । उमेर र रोगका कारण कमजोर रहेकी उनको कतिपय कुरा प्रहरीले विश्वाससमेत गरेको छैन ।

जाली खिया लागेकाले पहिले नै काटिएको अनुमान पनि छ । तर, झ्यालमा धुलो देखिएकाले त्यहाँबाट कोही प्रवेश गरेको जस्तो पनि देखिन्छ । प्रहरी अनुसन्धानलाई तोडमोड गराउन पनि झ्यालको जाली काटिएको हुन सक्ने शंकासमेत गरिएको छ । घटना हुँदा घरका अन्य सबै झ्यालढोका बन्द थिए ।

पहिलो तलाको झ्यालबाट छिर्न पनि कम्तीमा २५ फिट लामो भ¥याङ प्रयोग गर्नुपर्छ । तर, भ(याङ प्रयोग गरिएको कुनै संकेत भेटिन्न । आँपको रूखबाट घरको छतमा जान सक्ने अवस्था छ । तर, छतबाट घरभित्र छिर्ने ढोकामा डबल लक थियो ।

हत्यामा झाकै घरको किचेनमा रहेको चक्कु प्रयोग गरिएको थियो । किचेनमा चक्कु राख्ने छुट्टै ड्रयर छ । किचेनमा सो ड्रयर मात्र खोलिएकाले पनि जानकार व्यक्तिले नै हत्या गरेको हुन सक्ने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

अर्कोतर्फ छोरा–बुहारी विदेश गएको दोस्रो दिनमा हत्या हुनुले पनि परिचित व्यक्तिको संलग्नताको आधार बलियो छ । हत्या गर्ने व्यक्तिले घरबाट केही लगेका पनि छैनन् । कोहीसँग रिसइबी पनि नदेखिनु र हत्यापछि घरबाट कुनै सामान चोरी पनि नहुनले घटनालाई थप रहस्यमय बनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित